बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषद्को सिफारिस


काठमाडौं — सरकारले संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २४ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्। संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।

अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुनेछ ।

प्रतिक्रिया