कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा देखियो दुलर्भ रोग


वासिङ्टन –अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाएका ३६ जनामा रगतसँग सबन्धित दुलर्भ रोग देखिएको छ। फाइजर र बायोएनटेक खोप लगाएका उनिहरुमा ‘थ्रोम्बोसाइटोपेनिया’ देखिएको हो ।

तर ३६ जना सबैमा खोप लगाएपछि नै ‘थ्रोम्बोसाइटोपेनिया’ देखिएको भन्ने कुरा स्पष्ट भईसकेको छैन । रोग देखिएकाहरुमध्ये एक प्रसूति रोग विशेषज्ञ डा. ग्रेगरी माइकलको मृत्यु भएको छ।

५६ वर्षीया माइकलको फाइजरको खोप लगाएको १६ दिनपछि ब्रेन ह्याम्रेजका कारण मृत्यु भएको हो । उनमा थ्रोम्बोसाइटोपेनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

कुन खोपबाट उक्त रोग देखियो भन्ने बारे भने निष्कर्ष निस्किसकेको छैन।अमेरिकामा अहिलेसम्म ४ करोड ३ लाख मानिसले कोरोनाको खोप लगाइसकेको छन् । एजेन्सी

 

प्रतिक्रिया