बझाङमा पनि हिमपहिरो, यार्सा टिप्न गएकी एक महिला बेपत्ता


धनगढी – बझाङ जिल्लाको सुर्मा गाउँपालिकामा गएको हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् ।

सुर्मा गाउँपालिका-१ मा सोमबार राति गएको हिमपहिरोमा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिए । उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले बताए ।

त्यस्तै आज (मंगलबार) दिउँसो ३ बजेतिर दार्चुलाको व्यास गाउँपालिकामा पनि हिमपहिरो गएको थियो । उक्त हिमपहिरोमा परि एक जना घाइते र ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यार्सा टिप्न गएका उनीहरु बोलिन भन्ने ठाउँमा त्रिपाल टागेर बसेका थिए ।

प्रतिक्रिया