उपराष्ट्रपति यादव भन्छन् – ‘सांस्कृतिक विविधताका कारण विश्वमा नेपालको विशिष्ट पहिचान छ’


काठमाडौं – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको भू-बनावट, भेषभुषा र सांस्कृतिक विविधताका कारण विश्वमा नेपालको विशिष्ट पहिचान रहेको बताएका छन् ।

२५६७ औं बुद्ध जयन्तीको अवसरमा शनिबार ललितपुरमा आयोजित भिन्छेबाहाः बौद्ध महोत्सवको उद्घाटन गर्दै नेपालको विशिष्ट पहिचान जनाउन क्षेत्रलाई संरक्षण गर्नुपर्ने समेत बताए ।

उनले विश्वको शिखर सगरमाथा र विश्वमै शान्तिको प्रतीकका रूपमा रहेको गौतम बुद्धले नेपालको शिर उच्च बनाएको धारणा राखे । यादवले अहिले पनि गौतम बुद्धका वाणीहरू सान्दर्भिक रहेकाले यसलाई सबैले अनुसरण गर्नुपर्ने बताए ।

समाजलाई योग्य चेतनाबोधको बाटो देखाउने र विश्वलाई हिंसाको बाटो छोडी अहिंसा, मित्रता, विश्वबन्धुको मार्ग प्राप्त गर्नका लागि बुद्धका वाणीहरू महत्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवले बौद्ध कला प्रदर्शनको उद्घाटन गर्दै प्रदर्शनी सम्बन्धी पुस्तक विमोचन गरेका थिए ।

प्रतिक्रिया