पश्चिमी वायु प्रभाव : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ –  देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको हो ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भूभागमा विहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बुधबार देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । बिहीबार पहाडी भूभागमा आँशिक बदली रही बाँकी भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया