


गण्डकी मुख्यमन्त्री पाण्डेको सपथ ग्रहण आज, टुंगिएन मन्त्रालय भागबन्डा

पोखरा — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज को शपथ गर्ने भएका छन् ।
नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिउँसो साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिने कार्यतालिका रहेको छ । तर, अहिलेसम्म मुख्यमन्त्रीसँगै कुनकुन मन्त्री बन्ने टुंगो लागेको छैन ।
भागबन्डा नमिल्दा कुनकुन मन्त्री बन्ने टुंगो लागेको छैन ।
कांग्रेसमा पनि मन्त्री बन्ने आकांक्षीको लर्को छ । माओवादीलाई कति मन्त्रालय दिने टुंगिएको छैन । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पनि एक र एक मन्त्रालय दाबी गरिरहेका छन् । माओवादी केन्द्रले ३ मन्त्रालय दाबी गरेको छ । मुख्यमन्त्री पाण्डे केन्द्रबाटै भागबन्डाको टुंगो लगाउन चाहन्छन् ।
उनलाई बिहीबार प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका थिए । नेता पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

