दाहाल-नेपाल समूहले आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्दै, आजको जनप्रदर्शन निर्णायक हुने दाबी


काठमाडौं – प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले आज बुधबार काठमाडौमा बृहत शक्ति प्रदर्शन गदैछ ।

गत पुस ५ गते देखि प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलनरत नेकपा दाहाल-नेपाल समुहले आज भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न दाहाल-नेपाल समुहले गर्नेछन् ।

विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी उक्त समूहले गरेको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।

शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए । दाहाल नेपाल समुहले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम अलोकतान्त्रिक र असंवैधानिक रहेकाले सम्मुर्ण नेपाली जनतालाई यसको विरोधमा सहभागी हुन आग्रह गरेका छन् ।

यसअघि दाहाल-नेपाल समुहले पुस १४ र माघ ९ मा पनि काठमाडौं जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।

प्रतिक्रिया