
सन्दीपको सुझबुझपूर्ण ब्याटिङका साथ नेपालले दियो कतारलाई १५८ रनको लक्ष्य
काठमाडौं – नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको छ ।
एसीसी प्रिमियर कपको लिग चरणको अन्तिम खेलमा सन्दीप लामिछानेको सुझबुझपूर्ण ब्याटिङका मद्दतले नेपालले ४०.३ ओभरमा १५७ रन बनाउँदा सबै विकेट गुमाएको हो । १११ रनमा ९ विकेट गुमाइसकेको नेपालका लागि सन्दीपले ललितसँग सुझबुझ पूर्ण ब्याटिङ गरेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा धेरै नटआउट ४२ रन बनाए ।
नेपालले १११ रन बनाउँदा नौ विकेट गुमाइसकेको अवस्थाबाट सन्दीपले करिअरकै उत्कृष्ट ब्याटिङ गरेका थिए ।
सन्दीप बाहेक नेपालका लागि कप्तान रोहित पौडेलले २७ रन बनाए भने आशिफ शेखले १९ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले ११÷११ रन बनाए । त्यस्तै गुल्सन झा ७ रन बनाउँदै आउट हुँदा भिम सार्कीले ६ रन बनाएर आउट भए भने । कुशल मल्लले ३ रन बनाउँदा कुशल भुर्तेलले २ रन बनाए । त्यस्तै नेपालका लागि ललितनारायण राजवंशी १ रनमा आउट भए । उनले १७ बलमा १ रन बनाएका हुन् ।
कतारका लागि अमिर फरिकले ४ विकेट लिए भने अवासिस अहेमदले ३ विकेट लिउँदा गायान मुनावीराले २ विकेट हात पारे । त्यस्तै इकरामुल्ला खानले १ विकेट लिए ।



कागजपत्र |
