नेपाललाई सुरुवातमै २ झट्का


काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले सुरुवातमै २ झट्का ब्यहोरेको छ ।

टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएका नेपालले ९ रन बनाउँदै २ विकेट गुमाएको हो ।

नेपालका ओपनर कुशल भुर्तेल २ रनमा आउट हुँदा भरपर्दा मानिएका भीम सार्की ६ रनमा आउट हुन पुगे ।

अहिले नेपालका लागि कप्तान रोहित पौडेल र आशिफ शेख मैदानमा रहेका छन् ।

अहिले नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएर खेलिरहेको छ ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो ।

गत शुक्रबार ओमानविरुद्धको खेलमा टिममा रहेका करण केसी बाहिरिएका छन् । करणको स्थानमा गुलशन झाले मौका पाएका छन् ।

नेपालको प्लेइङ-११

आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रतिक्रिया