

सहिद स्मारक ‘ए’ डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
जारी लिगको १३ औँ चरणअन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन् ।
एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ।

