बारा–२ : ३५३१२ मत गन्दा उपेन्द्रले कटाए १५ हजार मत,कसले पाए कति मत ?


काठमाडौं – बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

आइतबार सम्पन्न भएको निर्वाचनको पछिल्लो अपडेट अनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५ हजार १८३ मत पा्राप्त गर्दै निरन्तर अग्र स्थानमा छन् । हालसम्म ३५ हजार ३१२ मतगणना सकिँदा यादवले अगता कायमै राखेका हुन् ।

यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७ मत र रास्वपाका रमेश खरेलले २ हजार ९५ मत पाएका छन् । मंसिर ४ को आम निर्वाचनबाट निर्वाचीत जसपाका सांसद रामसाहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि बैशाख १० गते उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया