हामीमाथि लागेको अरोपको जवाफ चितवनबासीले दिनुभयोः रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूमाथि लगाएको आरोपको जवाफ चितवनवासीले दिएको बताएका छन् ।

चितवन २ बाट भारी मतान्तरले निर्वाचित भएपछि उनले निर्वाचनको क्रममा आफूहरूमाथि गरेको अपमानको जवाफ जनताले दिएको बताए ।

उनले भने, ‘निर्वाचनको क्रममा हामीमाथि विभिन्न लाञ्छना लगाएका छन् । विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । अपमान गरेका छन् । सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । कतिपयले जवाफ दिनुस् भन्नुहुन्थ्यो । तर, मैले भन्ने गर्थें यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेका थिए । आज सबैको जवाफ आए एकमुष्टरूपमा चितवनले स्वस्तिक छाप लगाएर जवाफ दिएका छन् ।’

निर्वाचनको क्रममा आफ्ना समर्थकबाट भएको गल्तीमा उनले माफी मागे । उनले अब चितवनको विकासमा लाग्ने प्रण गरे ।

साथै लामिछानेले सामाजिक सञ्जालमा अन्य राजनीतिक दललाई वा अरु व्यक्तिहरुलाई गाली गलौच र अपशब्द प्रयोग नगर्न आग्रह गरे ।

प्रतिक्रिया