रविले कटाए ५० हजार मत


चितवन – आइतबार सम्पन्न उपनिर्वाचनपछि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।

जारी मतगणनाको पछिल्लो अपडेटअनुसार रविले अहिलेसम्म ५००२९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १ सय ६६ मत र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८८७९ मत ल्याएका छन् ।

अब मतगणनाको अन्तिम चरणमा पुगेकोले लामिछानेले जित्ने निश्चित भइसकेको छ । अहिलेसम्म ७० हजार मत गणना भइसकेको र ८ हजार मत गन्न बाँकी रहेको पनि जनाइएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायणा श्रेष्ठले पराजय स्वीकार गर्दै रविलाइ बधाइ तथा शुभकामना दिइसकेका छन् ।

प्रतिक्रिया