

ए डिभिजन लिग : एपीएफसँग खुमलटार २-० ले पराजित

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको १२औं चरणको पहिलो खेलमा एपीएफ फुटबल क्लबले एफसी खुमलटारलाई २-० गोलको नतिजामा पराजित गरेको छ।
सोमबार एन्फा कम्प्लेक्समा भएको खेलको २५औं मिनेटमा अब्दौ रमानीले गोल गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको खुमलटारले दोस्रो हाफमा पुनः एक गोल खायो।
अर्मान बेडौमले ६९औं मिनेटमा गरेको गोलसँगै २-० ले पछि परेको खुमलटारले आक्रमणका केही अवसर सिर्जना गरे पनि सफल हुन सकेन।
जितसँगै १२ खेलबाट १७ अंक जोडेको एपीएफ क्लब लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट १३ अंक जोडेको खुमलटार ११औं स्थानमा सीमित छ।

