
चितवन- २ मा एमालेका रामप्रसादलाई सुरुवाती अग्रता, ४९ मतान्तरले पछाडी रवि
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मत गणना तीन वटै क्षेधमा धमाधम भइरहेको छ । चितवान २ तनहुँ १ र बारा २ मा आइतबार भएको मतदानको आज गणना भइरहेको छ ।
केहीबेर अघि सुरु भएको मतगणा अनुसार चितवन क्षेत्र नम्बर २ को सुरुवाती मतपरिणामअनुसार नेकपा एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् इच्छाकामना गाउँपालिकाको १ हजार मत गन्दा एमालेका न्यौपानेले ३६८ मतसहित अग्रता बनाएका हुन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मतसहित दोस्रो स्थान कायम गरेका छन् । त्यसैगरी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २९७ मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन्।



कागजपत्र |
