

बाराकाे मतगणना सुरू, चितवन र तनहुँको अवस्था कस्तो छ ?

काठमाडाैं — बारा–२ को मतगणना सुरु भएको छ। आइतबार भएको निर्वाचनको मतगणना सर्वदलीय बैठकपछि सुरु भएको हो।
बारा २ मा ६३ दशमलव ५६ प्रतिशत मतदान भएकाे छ।
बारा २ मा जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र नेकपा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार रहेका छन्।
यता, चितवन क्षेत्र नं. २ मा केही बेरबाट मतगणना सुरू हुने भएको छ । सर्वदलीय बैठकपछि भएको सहमतिअनुसार १ बजेबाट मतगणना हुने भएको हो ।
उता, उपनिर्वाचन भएको अर्को जिल्ला तनहुँमा भने करिब एक तिहाइ भन्दा बढी मतगणना भइसकेको छ । अहिलेसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले करिब १२ हजार मतसहित अग्रता लिइरहेका छन् ।

