उपनिर्वाचन : तनहुँ-१ मा खस्यो ५२ प्रतिशत मत


तनहुँ – तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ ।

प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए ।

गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया