डा.बाबुराम भट्टराई भन्छन् : समाजवादी धार निर्माण गरौं


काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रगतिशील र अग्रगामी शक्ति एक भए प्रतिगमन परास्त हुने बताएका छन्।

काठमाडौंमा आयोजित कम्युनिस्ट पार्टी स्थापना कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रगतिशील र अग्रगामी शक्ति एकतावद्ध हुन नसके प्रतिगमन आउन सक्ने बताएका हुन्।

भट्टराईले भने, ‘जनतामा चरम असन्तुष्टि छ। कम्युनिष्टहरू एक ठाउँमा आएनौं भने प्रतिगमन आउन सक्छ। प्रगतिशील, बामपन्थी सोच राख्ने, कम्युनिस्ट सोच राख्नेहरू एक पटक बसौं। मेरो त आग्रह छ समाजवादी धार निर्माण गरौं। प्रगतिशील अग्रगामी सोच भएकाहरू एक हुन जरुरी छ।’

साम्यवाद एउटा महान परिकल्पना रहेको उनले बताए। भट्टराईले भने,‘संविधान आधा ग्लास भरी हो आधा ग्लास खाली हो। आधा ग्लास भरी भएको चिजलाई भत्काउन हुँदैन।’

कृषि अर्थतन्त्र चौपट्ट भएपछि युवाहरू विदेश पलायन हुन बाध्य भएको बताए। देशमा उद्योगधन्दा पर्याप्त नहुँदा श्रमिकहरू विदेशीएको भन्दै यसलाई रोक्नु अहिलेको आवश्यकता रहेको बताए।

डा. भट्टराईले भने, ‘म कम्युनिस्ट विरोधी होइन। तर, अहिले कम्युनिस्ट भनेपछि मान्छे आकर्षित हुँदैनन्। कम्युनिस्टका नाममा भ्रष्टीकरण भयो। नाम मात्रै भट्याएर हुँदैन। ’

प्रतिक्रिया