
ओमानविरुद्ध नेपालको शानदार जित
काठमाडौं – ओमानविरुद्ध नेपाल विजयी भएको छ ।
कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २२६ रन बनाउँदा ९ विकेट गुमाएपछि नेपाल ८४ रनले विजयी भएको हो ।
ओमानका अकिब एलियस ब्याटिङका लागि उपलब्ध नभएपछि नेपालले ९ विकेट जाँदै खेल जितेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।



कागजपत्र |
