
नेपाललाई तेस्रो झट्का, कप्तान पौडेल २३ रनमा आउट
काठमाडौं – एसीसी प्रिमियरको ओमानविरुद्धको नेपाललाई तेस्रो झट्का लागेको छ ।
नेपालका कप्तान रोहित पौडेल ३४ बलमा २३ रन बनाउँदै आउट भएका छन् ।
यसअघि नेपालका दुवै ओपनर ब्याट्म्यान शून्य रनमा आउट भएका थिए ।
अहिले नेपालका भीम सार्की ३१ रन बनाएर खेलिरहेका छन् । पौडेल आउटभएपछि आरिफ शेख मैदान प्रवेश गरेका छन् ।
नेपाल अहिलेसम्म १७.२ ओभरमा तीन विकेट गुमाएर ५४ रन बनाएर खेलिहेको छ ।



कागजपत्र |
