विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य


काठमाडाैं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको स्रोतले जानकारी दिएको छ ।

गत भदौको अन्तिममा यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यवधि सकिएपछि सो पद खाली थियो । शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक तोकिएको थियो ।

कुलमान घिसिङलाई थप एक कार्यकालका लागि नियुक्त गर्नुपर्ने माग सबत्र उठेपनि सरकारले त्यसलाई बेवास्ता गर्दै कुलमानलाई अस्वीकार गरेको थियो। यस निर्णयसँगै प्राधिकरणको नेतृत्वमा पुनस् कुलमानलाई नियुक्त गरिन्छ की भन्ने प्रसंग क्लोज भएको छ।

प्रतिक्रिया