मिटरब्याज पीडितमाथि बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन


काठमाडौं – साेमबार शान्तिबाटिकामा मिटरब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो ।
सोमबार शान्ति बाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो ।

विभिन्न माग राख्दै लामो समयदेखी आन्दोलनरत मिटरब्याजपिडीत र सरकारबीच सम्झौता हुान नसकेपछि विविध कार्यक्रम गरी आन्दोलन गर्दै आएको मिटरब्याज पीडितमाथी कार्यक्रम रोक्न भन्दै सोमबार बल प्रयोग गरेको पीडितले आरोप लगाएका छन् । झडपका कक्रममा केही आन्दोलनकारी घाइते भएका थिए ।

मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले उक्त घटनाप्रति दुःख व्यक्त गरे । उनका अनुसार मिटर ब्याज पीडितहरु बसेको स्थानमा बाँसको भाटा तथा इटा जम्मा भएको देखेपछि प्रहरीले सतर्कता अपानाएको बताए । त्यसक्रममा प्रहरीले गेट लगाएको र भित्रबाट इँटा प्रहार भएपछि दुखद घटना भएको श्रेष्ठले बताए ।

 

 

प्रतिक्रिया