
नेपालका लागि कुशल मल्लको विस्फोटक अर्धशतक
काठमाडौं – एसीसी प्रिमियर कपको मलेशियासँगको खेलमा नेपालका कुशल मल्लले विस्फोटक अर्धशतक बनाएका छन् ।
कुशलले २८ बलमा ५० रन बनाएका हुन् ।
२३६ रनको लक्ष्य पछ्याउने क्रममा अहिले नेपालका भीम सार्की र मल्लले ब्याटिङ गरिरहेका छन् ।
सार्कीले ६२ रन बनाएर खेलिरहेका छन् ।
त्यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले ४२ रन बनाए भने कुशल भुर्तेलले ३८ रन बनाउँदा आउट भएका थिए ।
अहिले नेपालले ३ विकेटको क्षतिमा ३२ ओभरमा २०२ रन बनाएर खेलिरहेको छ ।



कागजपत्र |
