मलेसियाविरूद्ध भीम सार्कीले हाने अर्धसतक


काठमाडौं – एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालका भीम सार्कीले अर्धसतक बनाएका छन् । उनले ७५ बलमा ५० रन बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जवाफी ब्याटिङ गरेको नेपालले २८.२ ओभरको खेल चलिरहँदा ३ विकेटको क्षतिमा १६६ रन बनाएको छ। अहिले क्रिजमा भीम सार्की र कुशल मल्ल छन्।

यसअघि नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४२ र ओपनर कुशल भुर्तेलले ३८ रन जोडेका थिए। नेपाललाई जितका लागि २३६ रन आवश्यक छ।

प्रतिक्रिया