
नेपाललाई दोस्रो झट्का, भुर्तेल ३८ रन बनाएर आउट
काठमाडौं – एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालका दुवै ओपनर ब्याट्सम्यान आउट भएका छन् । दोस्रो विकेटको रुपमा नेपालका कुशल भुर्तेल ३८ रन बनाउँदै आउट भए । उनले ३१ बलमा ३८ रन बनाउँदै आउट भएका हुन् ।
त्यसअघि अर्का ओपनर ब्याट्सम्यान आशिफ शेख खेलको पहिलो ओभरमा १ रन बनाउँदै आउट भएका हुन् ।
अहिले भीम सार्की ७ रन बनाएर खेली रहेका छन् भने भुर्तेल आउट भएपछि कप्तान रोहित पौडेल ब्याटिङका लागि आएका छन् ।
अहिले नेपालले ९ ओभरमा २ विकेट गुमाएर ५३ रन बनाउँदै खेली रहेको छ । नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ ।



कागजपत्र |
