

एसिसी प्रिमियर लिग : आज नेपालले मलेशियासँग खेल्दै

काठमाडौं – एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आज (मंगलबार) काठमाडौंमा शुरु हुने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा १० टोली सहभागी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
उदघाटन खेलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्ने भएको छ। यी दुई टोलीको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे शुरु हुने क्यानले जनाएको छ।
मूलपानी खेल मैदानमा हुने सबै खेल निःशुल्क हेर्न पाइने भएपनि त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले टिकटको मूल्य २ सय रूपैयाँ निर्धारण गरेको छ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
नेपालले ३ खेल त्रिवि क्रिकेट मैदानमा खेल्दा एउटा खेल मूलपानी क्रिकेट मैदानमा खेल्नेछ। उपाधि विजेताले एशिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

