चुनावी प्रचार-प्रसारका लागि घरदैलो गर्दै बन्दीपुर पुगे कांग्रेस सहमहामन्त्री पाण्डे


तनहुँ – आउँदै गरेको उपनिर्वाचनको प्रचार–प्रसार अन्तिम अवस्थामा पुगिरहेको बेला नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे तनहुँ क्षेत्र नं. १ को बन्दीपुर नगरपालिकामा पुगेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईको प्रचार प्रसारका क्रममा सहमहामन्त्री पाण्डे तनहुँ जिल्लाको क्षेत्र नं.१ स्थित बन्दीपुर नगरपालिका वडा नं. १ मा घरदैलो गर्दै पुगेका हुन् ।

तनहुँ क्षेत्र नं. १ का तत्कालिन प्रतिनिधिसभा सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको तनहुँ नेपाली कांग्रेसको बलियो क्षेत्रका रुपमा चिनिन्छ ।

उक्त अवसरमा तनहुँमा घरदैलो गरिरहेका सहमहामन्त्री पाण्डेले नेपाली कांग्रेसले उपनिर्वाचनमा शानदार जित हात पार्ने बताए । तनहुँ क्षेत्र नं. १ का लोकप्रिय नेताका रुपमा मानिएका भट्टराईको जित सुनिश्चित रहेको पनि पाण्डेले बताए ।

प्रतिक्रिया