
तनहुँको बेरुजु कम हुने पालिकामा आँबुखैरेनी दोस्रो, सबैभन्दा बढि बन्दिपुरमा
तनहुँ – जिल्लाका १० पालिका मध्य सबैभन्दा कम बेरुजु हुने पालिकामा आँबुखैरेनी गाउँपालिका दोस्रो स्थानमा परेको छ । महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ६० औं प्रतिवेदन अनुसार आँबुखैरेनी दोस्रो स्थानमा परेको हो ।
महालेखाले आँबुखैरेनीमा आव २०७८/०७९ मा गरेको ८९ करोड ८ लाख ९६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.९ प्रतिशत अर्थात ७९ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ । जिल्लामा सबैभन्दा कम बेरुजु हुनेमा भिमाद नगरपालिका देखिएको छ । भिमादको १ अर्ब ४१ करोड २४ लाख ६१ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०।६३ प्रतिशत अर्थात ८९ लाख ४६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यस्तै तेस्रो स्थानमा रहेको रिसिङमा १ अर्ब १३ करोड ३७ लाख २ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १.१६ प्रतिशत अर्थात १ करोड ३१ लाख ७८ हजार रुपैयाँ, चौथो स्थानमा रहेको शुक्लागण्डकीमा मा १ अर्ब ९५ करोड २६ लाख ७३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १।६३ प्रतिशत अर्थात ३ करोड १७ लाख ७६ हजार रुपैयाँ, पाँचौ स्थानमा रहेको म्याग्देमा १ अर्ब २० करोड ५४ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा २।३३ प्रतिशत अर्थात २ करोड ८१ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यसैगरी छैटौं स्थानमा रहेको घिरिङमा ७३ करोड ६० लाख २ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३ प्रतिशत अर्थात २ करोड २० लाख ५० हजार रुपैयाँ, सातौं स्थानमा रहेको भानुमा १ अर्ब ४२ करोड २० लाख ८९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३.०६ प्रतिशत अर्थात ४ करोड ३४ लाख ७९ हजार रुपैयाँ, आठौं स्थानमा रहेको ब्यासमा ३ अर्ब ११ करोड १८ लाख ४५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३।६७ प्रतिशत अर्थात ११ करोड ४३ लाख ५८ हजार रुपैयाँ, नवौं स्थानमा रहेको देवघाटमा ८८ करोड ९७ लाख ६८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ४।३४ प्रतिशत अर्थात ३ करोड ८५ लाख ७२ हजार रुपैयाँ र अन्तिम स्थानमा रहेको बन्दिपुरमा ९१ करोड ७३ लाख ७३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ४।९८ प्रतिशत अर्थात ४ करोड ५६ लाख ७४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
महालेखाको प्रतिवेदनलाई हेर्दा जिल्लामा सबैभन्दा बढि बेरुजु भएको पालिकामा बन्दिपुर देखिएको छ ।



कागजपत्र |
