२४ घण्टामा थप १०६ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित ४३५ पुग्यो


काठमाडौं – नेपालमा वितेको २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ४८८ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ५४१ जनाको नमुना परक्षण गर्दा ६४ र एन्टिजेन विधिबाट ९४७ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै देशभर कोरोनाका संक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ।

गत २४ घण्टामा संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन। यसअघि मंगलबार र बुधबार लगातार १÷१ जनाको मृत्यु भएको थियो।

त्यसैगरी वितेको २४ घण्टामा ७४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया