अब सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने


काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले कुनै पनि शुल्क उठाउन नपाउने भएका छन् ।

महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका कुनै पनि सामुदायिक विद्यालयलाई शुल्क नउठाउन निर्देशन दिएको हो ।

महानगरले सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया