अडियो प्रकरणमा ढाकाकुमारको प्रस्टोक्ति : म र पार्टीविरुद्धको षड्यन्त्र भयो


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा।ढाकाकुमार श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक गरेर आफू र पार्टीलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन् । बुधुबार पार्टी केन्द्रीय कार्यलया पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बन्न दुई करोड रुपैयाँ घुस मागेको अडियो एडिट गरी उपनिर्वाचन हराउन योजापुर्वक बाहिर ल्याइएको बताएका हुन् ।

केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू मन्त्री बन्नका लागि भन्दै दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएको थियो । सांसद श्रेष्ठले भने, ‘अहिलेको मिडियामा सबैभन्दा सजिलो काम हो अडियो इडिट गर्नु । त्यसैले सावैजनिक भएको अडियो इडिट गरिएको हो । म र पार्टीलाई फसाइएको हो । जनवरीमा भएको अडियो अहिले सार्वजनिक गर्नु भनेको सुनिश्चित योजनामा ल्याइएको हो ।’

उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने समेत बताए । श्रेष्ठले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यतिबेलासम्म धैर्य गर्नुहोला । मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ । त्यसप्रति म क्षमाप्राथि छु ।’

उनले उक्त अडियोलाई ध्यानमा नराखी आफ्नो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नसमेत आग्रह गरे ।’

प्रतिक्रिया