नेकपा एसका ३९ जना नेताहरू एमालेमै फर्किए


काठमाडौं – नेकपा एकीकृत समाजवादी ललितपुरका नेताहरू एमालेमै फर्किएका छन्।

पार्टी कार्यालय च्यासलमा भएको एक कार्यक्रममा समाजवादीमा प्रवेश गरेका नेताहरूलाई महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्।

एमालेमा फर्किनेहरूमा नेकपा एस जिल्ला कमिटी सचिव सुदर्शन मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्कीलगायत ३९ जना छन्।

 

प्रतिक्रिया