

कारले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा गम्भीर घाइते

सप्तरी — सप्तरीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुव बस्नेतका १० वर्षीया छोरी एन्जिला बस्नेत छिन् । मृतक बालिकाका बुवा मोटरसाइकल चालक ध्रुव गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा आइतबार दिउँसो बा ३ च ५२९३ नम्बरको कार र को १५ प १९१ नम्बरको मोटरसाइकलमा ठोक्किएका थिए ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार बाबु(छोरी सवार मोटरसाइकल कारमा ठोक्किएपछि ना६ख ९८५२ नम्बरको ट्रकमा पनि ठोक्किएको थियो ।

