काठमाडौं – प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ। बैठक १ बजेका लागि बोलाइएको छ।
संसद् सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
यस्तै राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सेवा प्रसारण विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।


कागजपत्र |


