तनहुँको मानुङमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी


तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका-१ मानुङमा जंगली च्याउ खाएर एकै परिवारका ४ जना बिरामी परेका छन् ।

बिरामी हुनेमा मानुङकी ३३ वर्षीय रिमा, १३ वर्षीया रमिता, २३ वर्षीया कविता र ४ वर्षीया अन्जली विक रहेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

आइतबार बिहानको खानामा जंगली च्याउ खाएर बिरामी भएका उनीहरूलाई उपचारका लागि दमौली अस्पतालमा ल्याइएको थियो ।

उपचारपश्चात रिमा र रमितालाई डिस्चार्ज गरिएको छ भने कविता र अन्जलीलाई थप उपचारका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया