सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन तोलाको १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया