

युद्धमा प्रचण्ड स्थापित गरेका ‘जनमुक्ति सेना’ प्रधानमन्त्री ओलीका पक्षमा उभिनुको कारण

काठमाडौं– १० बर्षे जनयुद्ध गरी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थापित गराएका ‘जनमुक्ति सेना’ले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेका छन्।
कुनै पनि पार्टी र विचारमा आवद्ध नरहेका पूर्वजनमुक्ति सेना नेपालले एउटा बैठक नै राखेर ओलीका पक्षमा उभिने निर्णय गरेको हो। जनमुक्ति सेनाका नाममा तत्कालिन माओवादीका नेताले करोडौं रकम लिएर हिनामिना गरेको र आफूहरूलाई कुनै वास्ता नगरेका कारण प्रधानमन्त्री ओलीका पक्षमा उभिनु परेको बताइएको छ।
युद्धबाट स्थापित भई सरकारमा दुई पटक प्रधानमन्त्री हुँदा पनि प्रचण्डले आफ्ना माग सम्बोधन नगरेको तर ज्ञापनपत्र बुझेपछि जनमुक्ति सेनाको मर्मलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली तयार भएको र निर्णय समेत गराएपछि एउटा बैठक राखी सरकारलाई सहयोग गर्ने निर्णय भएको हो।
पूर्वजनमुक्ति सेना नेपाल प्रदेश १ कमिटीले त लिखित निर्णय नै गरिसकेको छ। संयोजक राजेश राई बिमलले संगठनको निर्णयहरू गराउँदै सरकारले जनमुक्ति सेनाका लागि गरेका वाचा र निर्णयमा समर्थन जनाउने बताएका छन्।


