सत्ता साझेदार गठबन्धनको बैठक सुरु, न्यूनतम साझा कार्यक्रमबारे छलफल हुँदै


काठमाडौं — सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।

यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो ।उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ ।

सरकारले न्यूनतम साझा कार्यक्रम आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक गर्नुअघि गठबन्धन दलका नेताहरूले त्यसलाई पूर्णता दिनेछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रकाश ज्वाला, शरदसिंह भण्डारी, देव गुरुङ, रञ्जीता श्रेष्ठलगायतको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया