सर्वोच्चद्वारा रविविरुद्धको रिटमा कारण देखाउ आदेश जारी


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।

रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी भएको हो । बुधवार निवेदक र लामिछाने पक्षका कानुन व्यवसायीहरूले पनि बहस गरेका थिए ।

युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि मुद्दा नचलाउने गरेको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया