
कमजोर आर्थिक अवस्थाका कारण उपचार नपाएकी मुटु रोग पीडित ९ वर्षीया सुमित्रा
काठमाडौं – मुटु रोगबाट पीडित ९ वर्षीया बालिका सुमित्रा घर्ती परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार पाउन सकेकी छैन ।
चितवनको इच्छामनकामना गाउँपालिका- ६ बस्ने चमेली घर्तीको छोरी सुमित्रा लामो समयदेखि मुटुरोगबाट पिडामा छिन् । आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको आमा चमेलीले बताइन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै सुमित्राका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।
उपचारको क्रममा मुटुसम्बन्धी जटिल रोग देखिएकाले ठुलो रकम लाग्ने भएकाले परिवारबाट उपचार सम्भव नदेखिएकाले संघसंस्था तथा इच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरिएको हो ।
मुटु रोगबाट छटपटाई रहेका सुमित्राको भरतपुर अस्पताल चितवन, कान्ती बाल अस्पतालमा उपचार सम्भव नभएपछि हाल उनको बाँसबारीस्थित गंगालाल अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था अतिनै कमजोर भएको र विपन्न परिवार रहेकाले औषधी उपचार गर्न, खान, बस्न समेत समस्या भइरहेको सुमित्राकी आमा चमेली घर्तीले बताइन् ।



कागजपत्र |
