
रवि लामिछानेको मुद्दाको सुनुवाई सिन्हाको इजलासमा
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतको वेबसाइटका अनुसार युवराज पौडेल (सफल) ले दिएको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको छ।
लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल सर्वोच्च अदालत गएका हुन्।
लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको पहिलो माग छ ।
रविले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरिसकेका छन् । आज निर्वाचन आयोगका अनुसार उम्मेदवारविरुद्ध उजुरी दिनसक्ने समेत दिन तोकिएको छ ।



कागजपत्र |
