तनहुँ कसैका लागि प्रयोग गर्ने ठाउँ होइनः गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताएका छन् ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘तनहुँवासीले गत आम चुनावमा पाँच वर्ष जिम्मेवारी सुम्पिनु भएको काँग्रेसका नेता अहिले राष्ट्रपति बन्नु भएको छ । यो ठाउँ कसैका लागि प्रयोग गर्ने ठाउँ होइन ।’

विशेष परिस्थितिले भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जित्नुको विकल्प नभएको उनको भनाइ छ ।

‘गोविन्द भट्टराईबाट हामीले शालीनता सिक्ने हो । गोविन्द भट्टराई राजनीतिक आँखाले तनहुँमा खानेपानी र विद्यार्थीको समस्या देख्यो । उहाँ यो बाटोले चिनेको मान्छे ।’ तनहुँवासीले संसदमा अब शंकर भण्डारीसँग गोविन्द भट्टराईलाई देख्ने महामन्त्री थापाको दाबी गरे ।

माओवादी र एकीकृत समाजवादी लगायतका नेता कार्यकर्तालाई पनि भट्टराईले न्याय गर्ने बताए । ‘गोविन्द भट्टराई, हराउने कराउने, डराउने र कराउने मात्र सांसद बन्नु हुन्न । गोविन्द भट्टराईलाई जिताएर गलत गरेछु भन्ने हुँदैन,’ उनले भने ।

प्रतिक्रिया