
तनहुँमा कांग्रेसका गोविन्द भट्टराईले गरे उम्मेदवारी दर्ता
तनहुँ — नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले तनहुँ १ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका छन् ।
उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।
मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै लागेका थिए ।
१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
यहाँ नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।



कागजपत्र |
