
रवि लामिछानेविरूद्ध सर्वोच्चमा रिट दर्ता, भोलीका लागि पेसी तोकियो
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
रिटमा प्रारम्भिक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ ।
आइतबार युवराज पौडेल (सफल)ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका थिए । उक्त रिट सर्वोच्च प्रशासनले आज दर्ता गरेको छ ।
पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।



कागजपत्र |
