एकीकृत समाजवादी प्रमुख सचेतकमा चौधरी


रुपन्देही – नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतक मेटमणि चौधरीलाई नियुक्त गरेको छ ।

उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको सचिवालयले जनाएको छ ।

दाङ १ बाट निर्वाचित चौधरी नेकपा एसका पोलिटब्युरो सदस्यसमेत हुन् ।

यसअघि शहरी विकास मन्त्री बनेका चौधरी नेकपा एसबाट पार्टीबाट लुम्बिनीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सांसद हुन् ।

प्रतिक्रिया