


उपनिर्वाचनबाट उत्साहित र आशावादी छुः रवि लामिछाने

चितवन — वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए ।
‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ,’ उनले भने, ‘राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन् ।’
आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको बताउँदै उनले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’

