सभामुखको अधिकार कटौतीसम्बन्धी प्रस्ताव फिर्ता


काठमाडौं – सभामुखको अधिकार कटौतीसम्बन्धी सांसदहरुले राखेको प्रस्ताव प्रतिनिधिसभा बैठकमा फिर्ता लिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सो नियमावलीको मस्यौदा पारित गर्नका लागि भइरहेको छलफलका क्रममा संशोधन प्रस्तावक सांसदहरु रामहरि खतिवडा, रेखा यादव लगायतका सांसदहरुले संशोधन फिर्ता लिएका हुन् ।

सभामुखद्वारा सांसदहरुले राखेका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदहरुलाई फिर्ता लिने समय दिएका थिए । प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदामाथि सत्तारुढ दलका सांसदहरुले कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार संशोधन दर्ता गराएका थिए ।

प्रतिक्रिया