कांग्रेसले लियो तनहुँ, चितवन र  बाराका नेताकार्यकर्ताको कारबाही फिर्ता


काठमाडौं – नेपाली कांग्रेसले ३ जिल्लाका नेता तथा कार्यकर्तालाई गरेको अनुशासनको कारबाही फिर्ता लिएको छ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ०७९ वैशाखमा सम्पन्न निर्वाचनबाहेक त्यसअघिका चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने  तनहुँ, चितवन र  बाराका सबैको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिने साथै तिनका प्रस्तावक र समर्थक बस्नेलाई भने वैशाख १० गतेको उपनिर्वाचनमा खेल्ने भूमिकाको आधारमा निर्णय लिइने सहमहामन्त्री पाण्डेले बताए।

आजको बैठकले उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया