एन्फाको आपतकालीन बैठक : फिफा, राखेप र सरकारसँग पैसा माग्ने निर्णय


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को शनिबार बसेको आपतकालीन बैठकले फिफा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारसँग पैसा माग्ने निर्णय गरेको छ। एन्फा मुख्यालय सातदोबाटोमा बसेको बैठकमा केही सदस्य जुममार्फत् सहभागी थिए।

एन्फाले शुक्रबार सम्पन्न प्रधानमन्त्री थ्री नेसन्स कपमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिने र टिमका सबै सदस्यलाई नगद पुरस्कारका लागि राखेपमार्फत् सरकारसँग माग गर्ने निर्णय गरेको छ।

त्यस्तै सहिद स्मारक बी डिभिजन लिगका क्लबलाई तयारी खर्च १४ लाख ५० हजार र लिग सञ्चालनका लागि ३ करोड ९३ लाख एक हजार आठ सय १३ रुपैयाँ दिन फिफासँग बजेट माग्ने निर्णय गरेको छ। जिल्ला लिग सञ्चालनका लागि पनि रकम माग्ने निर्णय गरेको जारी वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया