यो वर्ष चन्द्रागिरिमा पहिलो पटक देखियो हिउँ


काठमाडौँ – काठमाडौँको चन्द्रागिरिमा हिमपात भएको छ । चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका आसपासका क्षेत्रमा हिमपात भएको छ ।

यो वर्ष चन्द्रागिरिमा हिउँ पहिलो पटक परेको हो । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।

बाँकी पहाडी क्षेत्रमा पानी परेको छ ।

प्रतिक्रिया